सोमबार, चैत ३०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मौद्रिक नीति मुद्रास्फीतिका आधारमा ल्याउनुपर्छ: गभर्नर अधिकारी

मौद्रिक नीति मुद्रास्फीतिका आधारमा ल्याउनुपर्छ: गभर्नर अधिकारी

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउने बताएका छन्। 

National life

मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले मुद्रास्फीति माथि हुँदा मौद्रिक नीति टाइट हुनु स्वभाविक रहेको भन्दै मौद्रिक नीति लचिलो आउने अनुमान नगर्न सुझाव समेत दिए। 

उनले तथ्यांकको मूल्यांकन गर्दै मौद्रिक नीति ल्याउने तयारी भइरहेको जिकिर गरे। बजारबाट दिएको ऋणको समस्यालाई सरलीकृत गर्नका लागि राष्ट्र बैंकतर्फ बढी आशातीत भएको देखिए पनि राष्ट्र बैंकका आफ्नै सीमितता रहेको उनले बताए।

गभर्नर अधिकारीले विरोधका लागि विरोध नभई निजी क्षेत्रका वास्तविक समस्याहरू आए समाधान गर्न केन्द्रीय बैंक तयार रहेको धारणा राखे। 

उनले बैंकमा ऋण लिँदा कमिसन लिने गरेको प्रश्न उठेको भन्दै यो ठूलो बैंकिङ अपराध भएकाले प्रमाणसहित ल्याउन आग्रह गरे। विना प्रमाणका आधारमा सार्वजनिक मञ्चमा आरोप लगाएर केही नहुने उनको भनाइ छ। 

kumari

प्रकाशित: Jun 25, 2024| 18:36 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्