मंगलबार, पुस ८, २०८२

आगामी वर्षको बजेट संसद्‍बाट पारित

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

काठमाडौँ- प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

National life

सभाध्यक्षको भूमिकामा रहेकी उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो। कांग्रेस, राप्रपा, जसपा नेपाल लगायतका साना दल बजेटको विपक्षमा रहे। सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ।  

सरकारले गत जेठ १५ गते संघीय संसद्को दुवै सदनमा बजेट पेस गरेको थियो। बजेट पेस भएपछि दुवै सदनमा बजेटमाथि झन्डै १ महिना छलफल भएको थियो। छलफलका क्रममा विपक्षी दल मात्र नभई सत्ता घटक दलका सांसदहरूले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका थिए। 

सरकारले बजेट प्रस्तुत गरेसँगै सत्ता घटक दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि व्यक्त गरेका थिए। गत जेठ १९ गते बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट ल्याउनुपूर्व सत्तापक्षसँग छलफल नै नगरी बजेट ल्याएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए। उनले सो बैठकमा सांसदहरुलाई निर्देशन दिँदै बजेटमा रहेका कमी कमजोरीमाथि खुलेर आफ्ना कुरा राख्न निर्देशन दिएका थिए। अध्यक्ष ओलीको निर्देशनपछि एमाले सांसदहरूले बजेटमाथिको छलफलका क्रममा खुलेर असन्तुष्टि व्यक्त गरेका थिए। 

विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बजेटप्रति असन्तुष्टि जनाउँदै संसद्को रोष्टममै बजेट पुस्तिका च्यातेका थिए। प्रतिनिधि सभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको बजेटमाथि छलफलको क्रममा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठप्रति आक्रोश व्यक्त गर्दै बजेट पुस्तिका च्यातेका हुन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 25, 2024| 18:27 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्