मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछ : अर्थमन्त्री पुन

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछ : अर्थमन्त्री पुन

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने बताएका छन्।

National life

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मुलुकमा आर्थिक क्रियाकलाप बढाउने, लगानी प्रवर्द्धन गर्ने, राजस्वको दायरा विस्तार गर्ने तथा दिगो र व्यवस्थित कर प्रणाली लागु गर्ने सोचका साथ उक्त विधेयक ल्याइएको स्पष्ट गरे।

उनले विश्वका अनुभवका आधारमा आर्थिक विधेयकको अभिन्न अंगका आधारमा भन्सार महसुल विधेयक, २०८१ बेग्लै प्रस्तुत गरिएको जानकारी गराउँदै कर प्रणालीलाई व्यवस्थित बनाउन सरकार प्रयत्नशील रहेको बताए।

मन्त्री पुनले पुँजी लगानी नगरी ऋणको लगानी गरिनु एक प्रकारको विचलन भएकाले पुँजीको लगानीलाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको बताए। उनले राजस्व अचपलन हुन नदिइने समेत प्रतिबद्धता जनाए।

मन्त्री पुनले विद्युतीय सवारी साधनको प्रयोग बढाइ इन्धनको प्रयोग घटाउने नीतिअनुसार कर प्रणाली लागु गरिएकाले विद्युतीय सवारी साधनलाई निरुत्साहित गरिएको भन्ने गुनासो यथार्थ नभएको अवगत गराए। उनले इन्धन कम प्रयोग हुँदा र विद्युतीय सवारी साधनमा न्यून कर हुँदा मुलुकले अर्बाै राजस्व गुमाउनुपर्ने भएकाले करलाई केही वृद्धि गरिएको स्पष्ट गरे।     -रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 25, 2024| 16:23 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्