एजेन्सी- पिएसजीका सेन्टर मिडफिल्डर आन्ड्रेन राबिओटलाई भित्र्याउन स्पेनिस क्लब बार्सिलोना र इटलियन क्लब युभेन्ट्स दौडमा छन् । युभेनट्सले बार्सिलोनालाई ‘ओभरटेक’ गर्दै युवा खेलाडी भित्र्याउने सम्भावना बढेको खबर बाहिरिएको छ ।
राबिओट विशेष गरी सेन्टर मिडफिल्डमा प्रभाकारी खेलाडी मानिन्छन् । युवा र उत्कृष्ट खेल कौशलसमेत भएका उनीमाथि यतिबेला ठूला क्लबले आँखा लगाइरहेका छन् ।
आगामी समर सिजनमा नयाँ खेलाडी भित्र्याउने तयारी गरेको बार्सिलोनाले फ्रेन्च क्लब पिएसजीका सेन्टर मिडफिल्डर आन्ड्रेन राबिओट भित्र्याउने तयारी गरेको थियो । जसमा युभेन्ट्सले पनि चासो देखायो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार बार्सिलोना र राबिओटबीच समर सिजनमा अनुबन्धका लागि ‘समझदारी’ बनिसकेको छ । यता, पिएसजीले पनि आफ्ना खेलाडीलाई समर सिजनमा बिदा गर्ने तयारी गरेको खबर यसअघि नै आइसकेको छ ।
पछिल्लो साता एकाएक बार्सिलोनासँग जोडिएर चर्चा चलेका २३ बर्षीय राबिओटलाई समर सिजनमा फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न चाहेको छ । फ्रेन्च मिडियाले राबिओट र बार्सिलोनाबीच ‘मोटामोटी समझदारी’ बनिसकेको दाबी गरेका छन् ।
यसै सिजनको सुरुमा पनि राबिओट बार्सिलोना सर्ने चर्चा भएको थियो । तर, त्यसबेला बार्सिलोनाले ब्राजिलियन खेलाडी अर्थुरलाई टोलीमा भित्र्यायो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४