सोमबार, चैत ३०, २०८२

झापामा चट्याङ लागेर दुई जनाको मृत्यु

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

National life
kumari

झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो।

कमल गाउँपालिका-२ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्कालाई बिहान करिब ७ बजे चट्याङले लागेको थियो। घरबाट खेत जाने क्रममा चट्याङ लागेर घाइते भएका उनलाई आम्दा अस्पताल दमक पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै बिहान पौने ९ बजे गौरीगन्ज गाउँपालिका-३ ठेकिटोलामा ४२ वर्षीय लिला भन्ने विकास गिरीलाई चट्याङले लागेको थियो। उनलाई ठेकिटोलामा सिताराम दाहालको खेतबारीमा धानको बिउ उखल्ने क्रममा चट्याङले लागेको थियो।

प्रकाशित: Jun 25, 2024| 11:22 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्