शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ‘सिद्धार्थ रिवार्डस’ योजना

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ‘सिद्धार्थ रिवार्डस’ योजना

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ।

नक्सालमा रहेको बैंकको प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सो योजना सञ्चालनमा ल्याएको हो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले नयाँ योजना सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको सुरुवात भएको बताए। नयाँ योजनाले ग्राहकको बैंकिङ अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुग्ने उनको विश्वास छ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर नवीनतम सेवा प्रदान गर्न आफूहरू केन्द्रित रहेको बताए।

सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैकिङ गरिने भुक्तानीको टपअपको आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्ने बैंकले जनाएको छ।

रिवार्डस पोइन्टलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा, इन्टरनेट बिल पेमेन्ट लगायत सेवा लिए बापतको भुक्तानीमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित: Jun 25, 2024| 10:51 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्