आइतबार, असोज १३, २०८१

पञ्चकन्या स्टीललाई ग्रिन प्रो प्रमाणपत्र 

 |  मंगलबार, असार ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

पञ्चकन्या स्टीलको उत्पादन ५०० एक्सडी र ५५० एक्सडि रिबार (फलामे छड) ले ग्रीनप्रो प्रमाणपत्र पाएको छ। वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको रहेकै कारण प्रमाणपत्र पाइएको कम्पनीले जनाएको छ।

triton college

कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ र सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरले कम्पनीलाई प्रमाणपत्र दिएको हो। ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ। पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गर्ने कम्पनीले जनाएको छ।

ग्रिनप्रो प्रमाणपत्र प्राप्त स्टील रिबारहरूले प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण फाइदाहरू ल्याउने कम्पनीले जनाएको छ। यी रिबारहरूले हरित भवन प्रमाणपत्रहरू प्राप्त गर्न मान्यता र ख्याति प्राप्त हुन्छ भने स्रोतको खपत घटाएर उत्पादनमा सुधार गर्नेछ।

पञ्चकन्या स्टीलको ५०० एक्सडि र ५५० एक्सडि रिबारहरू भैरहवामा निर्माण हुन्छ। यो प्रमाणपत्रले पञ्चकन्या स्टीलको दिगो निर्माण सामग्रीहरूमा अग्रणीको रूपमा स्थिति अझ बलियो बनाएको छ।

प्रकाशित: Jun 25, 2024| 10:47 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्