आइतबार, मंसिर २८, २०८२

शरदचन्द्र फाउण्डेसनले खेलाडीलाई सम्मान गर्ने

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसन(एससिएसएमएफ) ले खेलकुदमा योगदान पुर्‍याउने वरिष्ठ खेलाडी र नयाँ पुस्ताका खेलाडीलाई एससिएसएमएफ स्पोर्ट्स अवार्ड २०२४ प्रदान गर्ने भएको छ। यस वर्ष उक्त अवार्ड ओलम्पियन बैकुण्ठ मानन्धरलाई प्रदान गरिने आयोजकले जनाएको छ। 

National life

मानन्धरले सन् १९७६ देखि १९८८ सम्म लगातार चार ओलम्पिक खेलमा प्रतिस्पर्धा गरेका थिए। उनले दक्षिण एसियाली खेलकुदमा लगातार तीनवटा स्वर्ण पदक जितेर रेकर्ड बनाएका थिए।

त्यस्तै, एससिएसएमएफ खेलकुद पुरस्कार २०२४ खेलकुद क्षेत्रमा उदाउँदो सितारा ओलम्पियन अरिका गुरुङलाई प्रदान गर्ने भएको छ। उनले एसियाली र अन्तर्राष्ट्रिय खेलकुद-मार्सल आर्ट्स, कराँतेमा राम्रो प्रदर्शन गर्दै आएका छन्। हालै चीनमा सम्पन्न १९ औँ एसियन गेम्समा पनि ऐतिहासिक रजत पदक जित्न सफल भएका थिए।

दुवै विधाको पुरस्कार राशि दुई लाख ५० हजार रुपैयाँ रहेको छ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसन स्वर्गीय शरदचन्द्र शाहको सम्झनामा उनका परिवारजनद्वारा २०२० नोभेम्बर ३० मा स्थापना गरिएको थियो। शाह नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रूपमा चिनिन्छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 25, 2024| 10:41 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्