मंगलबार, पुस ८, २०८२

हुन्डाई भेन्यू ६.९९ प्रतिशतमा नै खरिद गर्न सकिने

 |  मंगलबार, असार ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

काठमाडौँ- नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको VENUE को मूल्य सार्वजनिक गर्दै बिक्री वितरण सुरु गरेको छ। 

National life

नेपालमा नै Hyundai Venue को व्यावसायिक उत्पादन गरिएको कुरालाई ध्यानमा राखी HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY ग्राहकमुखी योजना ल्याएको छ।

यस योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सीङ्गको व्यवस्था, १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ। लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा Hyundai Motor Company सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो। लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा VENUE मोडल उत्पादन सुरु गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु Hyundai Motor Company, Korea वा India मा बन्ने सोही मोडलका गाडीहरू सरह कै हुने कम्पनीले दाबी गरेको छ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहस्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ। 

हाल बिक्री वितरण सुरु भएको मेड इन नेपाल Hyundai Venue 1.2 (S) को मूल्य 44,96,000 र  Venue 1.2 (SX) को मूल्य  53,56,000 कायम गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 25, 2024| 10:40 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्