सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकामा मन्त्रीपरिषद् पुर्नगठन, एकैपट ३० मन्त्री नियुक्त 

श्रीलंकामा मन्त्रीपरिषद् पुर्नगठन, एकैपट ३० मन्त्री नियुक्त 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
कोलम्बो- श्रीलंकाका राष्ट्रपति मैत्रिपाला  सिरिसेनाले मन्त्रीपरिषद् पुर्नगठन गरेका छन् । बिहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गर्दै मन्त्रीपरिषद् पुर्नगठन गरेका हुन् । 

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँगको सात हप्ता लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले मन्त्रीहरू नियुक्त गरेका हुन् । 

सर्वोच्च अदालतले संसद विघटन गर्न नमिल्ने अन्तिम फैसला सुनाएपछि उनले आफैले अपदस्त गरेका विक्रमासिंघेलाई गत आईतबार प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका थिए । 

नयाँ मन्त्रीपरिषद्को कानुन मन्त्रीमा भने कसैलाई नियुक्त गरिएको छैन् । विक्रमासिङ्घेको पहिलेको सरकारका अर्थ र परराष्ट्रमन्त्रीलाई भने परिवर्तन गरिउएको छैन् । अर्थमन्त्रीमा मङ्गला सामाराविरा र विदेशमन्त्रीमा तिलक मारापानालाई जिम्मेवारी दिइएको छ । 

राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ तारिखका दिन तत्कालिन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्त गरेर पुर्व राष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गरेका थिए । 

तर संसद र सर्वोच्च अदालतले उनको यो कदम गलत र अवैधानिक भएको भन्दै मान्यता नदिएपछि उनी पुरानै अवस्थामा फर्किनु परेको हो । आफैले हटाएको प्रधानमन्त्रीलाई फेरि नियुक्त गर्नुपरेपछि राष्ट्रपति सिरिसेनालाई काम गर्न गाह्रो हुने ठानिएको छ । एजेन्सी 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।