सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत एनसेलमा भुक्तानी

माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत एनसेलमा भुक्तानी

 |  मंगलबार, असार ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

vianetvianet

माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नेबारे सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्। 

एनसेलको ‘सधैँ अन’ योजनाअन्तर्गत बैंकमा खाता भएका एनसेलका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप एमबिएल एम–स्मार्टको चेकआउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्ज गर्नुका साथै सेवा–सुविधा खरिदका लागि भुक्तानी गर्न सक्नेछन्।

यसैगरी, एनसेलका वितरक तथा खुद्रा विक्रेताले पनि रिटेलर्स एपमार्फत सीधै बैंकमा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन्। यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैँ अन रहन सहयोग गर्ने विश्वास दुवै कम्पनीले लिएका छन्।

प्रकाशित: Jun 25, 2024| 10:38 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्