सोमबार, जेठ २६, २०८२

कामका लागि इजरायल जान आवेदन खुल्यो

 |  मंगलबार, असार ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

vianetvianet

इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नको लागि ८ सय नेपाली कामदार लैजाने भएको छ। वैदेशिक रोजगार विभागले मंगलबार सूचना प्रकाशित गरी आवेदन खुला गरेको छ।

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो। यसमा निजी क्षेत्रको कुनै संलग्नता हुँदैन। इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ। योग्यता पुगेकाहरूलाई गोलाप्रथाबाट छानिनेछ।

आठ सयमध्ये ५ सय मुख्य उम्मेदवार हुनछन् र तीन सयलाई वैकल्पिकमा राखिनेछ। २५ देखि ४५ वर्ष उमेर भएको, कम्तीमा १.५ मिटर उचाइ भएको, कम्तीमा ४५ किलो तौल, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास भएकाले आवेदन दिन पाउनेछन्।

यो काममा जानेको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा तोकिएको छ र करार अवधि सुरुमा एक वर्षको हुनेछ। त्यसपछि अधिकतम ५ वर्षसम्म हुनेछ।

प्रकाशित: Jun 25, 2024| 09:52 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्