सोमबार, जेठ २६, २०८२

विराटनगर महानगरले ल्यायो साढे तीन अर्बको बजेट

 |  सोमबार, असार १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार १०, २०८१

vianetvianet

मोरङ- विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रु तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। आज आयोजित नगरसभाको १४औँ अधिवेशनमा नगरउपप्रमुख शिल्पानिराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन्।

बजेटमा आयतर्फ वित्तीय समानीकरण अनुदानमा संघीय सरकारबाट रु ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट रु दुई करोड ४९ लाख २९ हजारको अनुमान गरिएको छ। साथै राजस्व बाँडफाँटमध्ये मूल्य अभिवृद्धि करबाट रु १६ करोड ११ लाख ७६ हजार एक सय २६, अन्तःशुल्कबाट रु पाँच करोड ८५ लाख ४१ हजार दुई ७९ आय हुने अनुमान गरिएको छ।

यस्तै वन रोयल्टीतर्फ रु पाँच लाख ८२ हजार पाँच सय ९५, घरजग्गा रजिस्ट्रेशन दस्तुरबाट रु ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट रु तीन करोड ८७ लाख एक हजार र मनोरञ्जन तथा विज्ञापन करबापत रु एक करोड, आन्तरिक आयतर्फ रु एक अर्ब १० करोड ८६ लाख ८५ हजार तथा नगद मौज्दात रु २५ करोड अनुमान गरिएको छ।

यसैगरी संघीय सरकार सशर्त अनुदान रु ८० करोड ७७ लाख, विशेष अनुदान रु सात करोड ५० लाख समपूरक अनुदान रु एक करोड १० लाख, प्रदेश सरकार सशर्त अनुदानतर्फ रु तीन करोड ९० लाख ४३ हजार र प्रदेश सरकार समपूरक अनुदान रु दुई करोड गरी कूल रु तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय हुनेगरी अनुमान छ।

व्ययतर्फ सञ्चालन तथा प्रशासनिक खर्च रु ५९ करोड, ऋणको साँवाब्याज भुक्तानी रु पाँच करोड, चालु आवको चालु खर्चतर्फको दायित्व भुक्तानी रु तीन करोड ३४ लाख ८३ हजार  समपूरक कार्यक्रम रु छ करोड १० लाख, वडास्तरीय योजनातर्फ रु ४३ करोड तीन लाख १२ हजार खर्च हुने अनुमान छ।

National life insurance

बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाका भुक्तानीका लागि रु ५० करोड, बस्ती विकास र तराई–मधेस समृद्धि कायक्रमतर्फ रु पाँच करोड ६० लाख, सडक, ढल, नाला तथा अन्य मर्मतसम्भारतर्फका लागि रु चार करोड ५० लाख, मर्मतसम्भारका लागि रु १० करोड तथा भारी सवारीसाधन खरिदका लागि रु दुई करोड बजेट विनियोजन गरिएको छ।

यस्तै सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमतर्फ रु ७८ करोड ७८ लाख एक हजार, स्वास्थ्य विकास कार्यक्रमतर्फ रु २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रमतर्फ रु ९९ लाख ५७ हजार, संघसंस्थातर्फ रु दुई करोड ७० लाख, लक्षित वर्ग कार्यक्रम (आदिवासी जनजाति, दलित, मधेसी तथा यौनिक तथा अल्पसंख्यक)तर्फ रु ६२ लाख ८६ हजार विनियोजन गरिएको।

साथै बालबालिका लक्षित कार्यक्रमतर्फ ७० लाख ८० हजार, युवा विकास कार्यक्रमतर्फ रु ९५ लाख ८४ हजार, खेलकुद विकासका लागि रु एक करोड आठ लाख, रोजगार प्रवर्द्धनका लागि रु ७० लाख ४६ हजार, ज्येष्ठ नागरिकतर्फ रु नौ लाख ९५ हजार छुट्याइएको छ।

यस्तै अपांगता क्षमता विकास कार्यक्रमतर्फ रु २८ लाख आठ हजार, आर्थिक विकास क्षेत्रअन्तर्गत कृषि विकासतर्फ रु एक करोड तीन लाख, पशुपक्षी तथा भेटनरीतर्फ रु एक करोड ५३ लाख ९७ हजार, सहकारीतर्फ रु २४ लाख, उद्यमशील विकासतर्फ रु ५० लाख, उपभोक्ताहित संरक्षणका लागि रु आठ लाख ५० हजार, पर्यटन प्रवद्र्धनका लागि रु एक करोड ९४ लाख विनियोजन गरिएको छ।

यस्तै वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रअन्तर्गत विपद् व्यवस्थापनतर्फ रु एक करोड २० लाख वन वातावरण तथा जैविक विविधतातर्फ रु ३५ लाख ५० हजार तथा सरसफाइका लागि रु एक करोड ३० लाख विनियोजन गरिएको छ।

यसैगरी सुशासन तथा संस्थागत विकास क्षेत्रअन्तर्गत राजस्व सुदृढीकरणतर्फ रु ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि रु ४० लाख, सहरी विकासतर्फ रु ९० लाख, सूचना तथा सञ्चारका लागि रु ६० लाख सूचना तथा प्रविधिका लागि रु ८० लाख विनियोजन भएको छ।

सुशासन तथा सेवा प्रवाहका लागि रु एक करोड आठ लाख ४५ हजार, कानुन तथा न्यायतर्फ रु ७२ लाख ५० हजार, फोहरपानी प्रशोधन केन्द्रतर्फ रु दुई करोड ९५ लाख भू–उपयोग आवास तथा बस्तीविकास कार्यक्रमतर्फ रु ८५ लाख ४९ हजार विनियोजन गरिएको छ। साथै विद्युतीकरणका लागि रु दुई करोड नौ लाख र नगरस्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि रु ३५ करोड गरी कूल रु तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार विनियोजन गरिएको छ।

महानगरले सन् २०३० सम्ममा बालविवाहमुक्त महानगरपालिका घोषणा, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनालाई सबै वडामा सेवा विस्तार, नगरका व्यस्त सडकमा ट्राफिक लाइट जडान, पत्रकारहरुका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ।

प्रकाशित: Jun 24, 2024| 20:43 सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्