आइतबार, जेठ १७, २०८३

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट

 |  सोमबार, असार १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १०, २०८१

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। सोमबार महानगरको नगरसभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेकी हुन्।

National life

आगामी आर्थिक वर्षका लागि महानगरको विनियोजित बजेट चालु आर्थिक वर्षको तुलनामा बढेर आएको हो। महानगरले चालु आर्थिकका लागि २४ अर्ब आठ करोड ५७ लाख २२ हजार रुपैयाँको बजेट ल्याएको थियो।

बजेट प्रस्तुत गर्दै उपप्रमुख डंगोलले महानगरको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाबाट एक अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको जानकारी दिइन्। “काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष २०८१/८२ को लागी कुल २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम तयार गरेका छौँ,” उनले भनिन्, “यसअन्तर्गत काठमाडौँ महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरूबाट हुने आम्दानी कुल एक अर्ब ५० करोड रहेको छ”

महानगरले स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि १९ करोड नौ लाख अर्थात् कुल बजेटको ०.७९ प्रतिशत छुटाएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार अर्थात् कुल बजेटको १४.४४ प्रतिशत विनियोजन गरिएको उपप्रमुख डंगोलले बताइन्।

महानगरले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको गौरवको योजनाअन्तर्गत ढल रहित नदी नालालाई थप गरी ११ वटा गौरवका योजनाहरू प्रस्ताव गरेको छ। पूर्वाधार विकास क्षेत्रका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट महानगरले विनियोजन गरेको छ। जुन कुल बजेटको ६१.२० प्रतिशत हो।
 

Shivam cement

प्रकाशित: Jun 24, 2024| 20:01 सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्