आइतबार, चैत २२, २०८२

इपिएल : फितलो व्यवस्थापन कि अम्पायर गलत ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटको फाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको फाइनलमा ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सले उपाधिका लागि भिड्ने पक्का भएको छ । 

ललितपुर प्याट्रियट्सले पहिलो क्वालिफायर खेलमा काठमाडौं किङ्स इलाभेनलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । त्यस्तै दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सले काठमाडौं किङस इलाभेनलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  

प्रतियोगिताको फाइनल समीकरण पूरा भइसक्दा आयोजक र अम्पायरप्रति निकै नै असन्तुष्टि देखियो । मैदानका खेलाडी र टोलीका मालिकले मात्र हैन दर्शकले समेत गुनासो गरेका छन् । आयोजकले अम्पायरप्रति देखाएको सहानुभूतिले प्रतियोगिताका खेल र विश्वसनीयताप्रति दर्शकले समेत प्रश्नचिह्न गरेका छन् । 

मंगलबार काठमाडौं किङ्स इलाभेन र ललितपुर प्याट्रियट्सबीचको खेलमा अम्पायरले गरेको गलत निर्णयले प्रतियोगिताप्रतिको विश्वसनीयता गुमेको छ । उक्त खेलमा ज्ञानेन्द्र मल्ल काठमाडौंका सांसद सेखले फ्याँकेको आठौं ओभरको पाँचौं बलमा एलबिडब्लु आउट भएका थिए । 

तर ज्ञानेन्द्रले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै त्यसबेला आफू आउट नभएको बताएका थिए । उनले अम्पायरको गलत निर्णयका कारण ब्याटको इनसाइड एजमा लाग्दै प्याडमा लागेको बलमा आफु एलबिडब्लु आउटको सिकार हुनु अम्पायरको गलत निर्णय भएको बताए । 

उक्त खेलमा अम्पायरको त्यो निर्णय एक गलत होइन । उक्त खेलमा थप दुई स्पष्ट गलत निर्णय भएका छन् । जुन निर्णय खेलको प्रत्यक्ष प्रसारणका बेला रि-प्लेमा बारम्बार देखाइएको थियो । उक्त खेलमा विनयकुमार झा र रामकैलाश यादवले अम्पायर गरेका थिए । 

प्रदीप साहुले फ्याँकेको ११ औं ओभरमा तीन विकेट गएको थियो । उक्त ओभरको पहिलो बलमा पवन सराफ मैदान बाहिरिएका थिए भने तेस्रो बलमा सन्दीप जोरा बाहिरिएका थिए । सन्दीप जोरा पनि एलबिडब्लुमा आउट भएको इसारा दिएका थिए । तर, रि-प्लेमा हेर्दा साहुको बल ‘नो’ बल थियो । 

ओभरकै चौथो बलमा सन्नी पटेल अम्पायरको गलत निर्णयको सिकार बने । ब्याटभन्दा निकै परबाट गएको बलमा अम्पायरले उनलाई क्याच आउट दिएका थिए । जहाँ सन्नीले अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै केहीबेर मैदान छाड्न ढिलाइ गरेका थिए । उनलाई खेलपछि आयोजकले कारबाही पनि गरेको थियो । 

उनलाई खेल भावनाविपरीत कार्य गरेको भन्दै कारबाही गरिएको हो । अम्पायरको निर्णयविरुद्ध पटेललाई तीन ‘डिमेरिट अंक’ र खेल रकमको ७५ प्रतिशत रकम जरिबाना गरिएको छ । कप्तान मल्लले भने पछिल्लो समय अम्पायरको निर्णय लगातार विवादास्पद बन्दै गएको र त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । कप्तान मल्ले भने, ‘खेलाडीले केही गल्ती गर्दा कारबाही तुरुन्तै हुन्छ ।’ 

अम्पायरहरुले भने लगातार गल्ती गर्दा पनि त्यसलाई वास्ता गरिएको छैन । यसबारे प्राविधिक समिति र आयोजक गम्भीर हुनुपर्छ । अम्पायरको गल्तीले खेलको नतिजा बदल्ने सम्भावना हुन्छ । मानव भएपछि गल्ती हुन्छ तर खेलको स्तर सुधार्न अम्पायरहरुले पनि आफूलाई निखार्दै लग्नुपर्छ ।’ 

कप्तान मल्लले आयोजकको व्यवस्थापनप्रति पनि असन्तुष्टि पोखे । मल्लले थपे, ‘हामीले यसो गर, यता जाऊ, उता नजाऊ भन्ने धेरै भइरहेको छ । प्रतियोगिताको स्तरोन्नतिको प्रयास भइरहेको होला, तर त्यसलाई पनि राम्रो तरिकाले गर्न सकिन्छ ।’ 

त्यस्तै बुधबार भएको इलिमिनेटर खेलमा भैरहवा ग्लाडीयटर्ससँग ४ विकेटले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको थियो । खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै पृथुले प्रतियोगिताका क्रममा अम्पायरहरुको निर्णयमा खुसी हुन नसकेको बताएका थिए ।

‘समग्र प्रतियोगिता राम्रै भयो । तर, म अम्पायरको निर्णयप्रति भने सन्तुष्ट छैन,’ कप्तान पृथुले भने, ‘तर, म एउटा जिम्मेवार खेलाडी हुँ मैले एम्पायरको निर्णय मान्नुपर्ने हुन्छ ।’ खेल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका कञ्चनपुरका गगन कार्कीले पनि प्रतियोगिताको व्यवस्थापन कमजोर भएको बताए । ‘मंगलबार काठमाडौं र ललितपुरबीचको खेलमा जुन अम्पायरको निर्णय थियो । त्यो सरासर गलत थियो’, 

दर्शक कार्कीले भने, ‘हामी दर्शक बाहिरबाट कराउँदै थियौं । जुन निर्णय गलत छ भनेर, हामीले खेलको निर्णय दिन त सक्दैनौ । तर, जुन निर्णय रि-प्लेमा बारम्बार गलत भएको प्रस्ट देखिन्थ्यो । त्यो निर्णयप्रति खेल हेर्न आएका हरेक दर्शक असन्तुष्ट छन् ।’ 

त्यस्तै अर्का दर्शक दीपक खनाल पनि खेलको निर्णयप्रति सन्तुष्ट छैनन् । खनालले भने, ‘रि-प्लेमा निर्णय गलत भएको प्रस्ट थियो । त्यस्तो अवस्थामा अम्पायरले माफी माग्दै खेलाडीलाई क्रिज छोड्न दिनु हुन्न । तर, यता आफ्नो गलत निर्णय पनि अम्पायरले वास्ता गर्दैनन् । नत आयोजले नै वास्ता गर्छ ।’ 

दिनहुँपिच्छे व्यवस्थापन र अम्पायर निर्णयप्रति अन्तुष्ट हुनुले समग्र नेपाली क्रिकेट क्षेत्र र खेलाडीमा कस्तो प्रभाव पर्ला ? त्यो भने आयोजनाले मुनाफका लागि मात्र नभई समग्र नेपाली क्रिकेट विकासका लागि सोच्न जरुरी छ । जुन कुरा खेलाडी, टोली मालिक र दर्शकहरुमा कस्तो प्रभाव पर्छ भन्ने कुरामा आयोजकले हेक्का राख्न जरुरी छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।