सोमबार, साउन ११, २०८३

सुदूरपश्चिम खप्तड गोल्डकप पुस २४ बाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । 

सुदूरपश्चिम ११ स्पोर्टस् क्लबको आयोजना प्रतियोगिता पुस २४ देखि माघ ५ गते सम्म सञ्चालन हुने सुदूरपश्चिम ११ का अध्यक्ष सुरेश हमालले बिहीबार पत्रकार सम्मेलनको आनयोजना गर्दै जानकारी दिए । 

कुल १ करोड ४० लाख रुपैयाँ खर्च हुने प्रतियोगिताका खेलहरु नकआउटका आधारमा धनगढी रंगशालामा आयोजना गरिने छन् । सुदूरपश्चिम प्रदेशको पहिचान फुटबल विकासको अभियान भन्ने मुल नाराका साथ आयोजना हुने प्रतियोगितामा ए डिभिजन क्लब, विदेशी क्लब र आयोजक टोलीको सहभागिता रहने बताइएको छ । 

प्रतियोगिताको विजेताले २१ लाख १ तथा दोस्रो हुने टोलीले १० हजार १ रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल तथा प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको म्यान अफ दी म्याच १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।