मंगलबार, पुस ८, २०८२

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

काठमाडौं- चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ।

National life

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले झापामा रहेको सो कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो।

गत चैत १२ गते सर्वोच्च अदालतले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो। न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो।

सर्वोच्चको आदेशपछि काठमाडौँ विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले सम्बन्धन दिन आयोगलाई सिफारिससहित पत्राचार गरेको थियो।

प्रकाशित: Jun 18, 2024| 20:33 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्