नयाँ दिल्ली- भारतको जेनप्याक्ट कम्पनीका सिनियर म्यानेजर स्वरूपले मंगलबार आत्म हत्या गरेका छन्। नोयडास्थित उनले आफ्नो अर्पाट्मेन्टमा झुण्डिएर आत्म हत्या गरकेो हुन्।
उनको कार्यरत कम्पनीका दुई महिलाकर्मीहरूले स्वरूपले यौन हिसां गरेको आरोप लगाएका थिए। कम्पनीले उनलाई अस्थायी समयको लागि ‘सस्पेन्ड’ गरेको थियो। स्वरूपलाई लागेको आरोप कम्पनीले आन्तरिक अनुसन्धानको क्रममा रहेको थियो।
३ महिना अघि मात्र प्रामोसन भएका उनी कमथि लागेको ओराप गलत रहेको र आफु निर्दोष रहेको सुइसाइट नोटमा लेखेको सुरजपुर पुलिस स्टेसनका अफिस मुनिस चौहानले बताएको भास्कर दैनिकमा उल्लेख गरिएको छ। पत्नी कुतिको लागि लेखिएको उक्त सुइसाइट नोटमा स्वरूपलाई लागेको आरोप गलत रहेको प्रस्ट्याएका छन्।
निर्दोष सावित भए पनि उनले आफिस र समाजले पुन: पहिले जस्तो इज्जतले नहेर्ने र उनको श्रीमतीलाई समेत असर पर्ने र यो उनलाई सहनशील हुन नसक्ने कारण सुइसाइट नोटमा खुलाएका थिए।
श्रीमती कृतिले उनलाई फ्यानमा झुण्डिएको अवस्थामा देखेकी थिइन्। उनले तत्कालै पलिुसलाई खबर गरेकी थिइन्। स्वरूपको मृत शरीर पोस्टमार्टेको लागि लगिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४