मंगलबार, माघ ६, २०८२

चेल्सीको पहिलो खेलमा डिफेन्डर कोलोवाको पनि गोल

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसविरुद्ध सहज जित निकालेको छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसविरुद्ध सहज जित निकालेको छ। चेल्सीको स्ट्यामफर्ड ब्रिज रंगशालामा भर्खरै सम्पन्न खेलमा उसले क्रिस्टललाई ३–० गोलले हराएको हो।

National life

चेल्सीको जितका लागि मार्कोस एलन्सो, क्रिस्टियन पुलिसिच र ट्रिभाव कोलोवाले गोल गरेका थिए। पहिलो हाफमै दुई गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा एक गोल थप्दै ३–० गोलको जित निश्चित गरेको थियो।

खेलको २७ औं मिनेटमा मिडफिल्डर एलन्सोले फ्रि किकमार्फत् गोल गर्दै थोमस टुचेलको टिमलाई अग्रता दिलाएका थिए। उनले फ्रि किक वालमाथिबाट गरेको प्रहार बारमा लागेर पोस्टभित्र छिरेको थियो।

त्यस्तै, खेलको ४० औं मिनेटमा पुलिसिचले अग्रता दोब्बर बनाएका थिए। उनले पोस्टको नजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। एप्लिक्वेटाबाट पाएको बललाई मेसन माउन्टले लो क्रस गरेका थिए। तर त्यो बल क्रिस्टलका किपर भिसेन्ट गुइटाबाट फर्किएपछि पुलिसिचले गोल गरेका थिए।

यता खेलको ५८ औं मिनेटमा कोभासिचले दिएको पासलाई कोलोवाले गोलमा परिणत गरेपछि चेल्सीले ३–० अग्रता निश्चित गरेको थियो। सोहि अग्रता साथ उसले खेल जितेको हो।

Laxmi sunrise bank
kumari

चेल्सीका डिफेन्डर कोलोवाले घरेलु टिमका लागि गोल गर्नु सधै सपना रहने गरेको बताएका छन् जुन सिजनको पहिलो खेलमै पूरा भएको छ। ‘मैले सोचेको थिइनँ। खेल्न पाउनु नै भाग्य हो त्यसमा पनि गोल गर्न सकेँ। गोल नजिक पुगेको बेलामा मैले सोचेँ कि म गोल हान्छु र पर्खिन्छु। तर मैले गोल भयो होला भने सोचेको थिइनँ। त्यतिबेला के गर्ने भनेर सोचेको थिइनँ। र, म चन्द्रमा माथि पुगेको अनुभव गरिरहेको थिएँ,’ २२ वर्षे डिफेन्डरले भने।

कोलोवाले पछिल्लो सिजन पनि दुई गोल गरेका थिए। यता भर्खरै मात्र चेल्सीले भित्र्याएको लुकाकु भने टिममा अनुपस्थित थिए। यद्यपी चेल्सीले तीन गोल गर्न सफल भएको छ।

खेल अवधिभर ६३ प्रतिसत समय बलमा नियन्त्रण बनाएको चेल्सीले विपक्षीको पोस्टतर्फ १३ प्रहार गरेको थियो। च्याम्पियन्स लिग विजेता चेल्सीसँग लागि क्रिस्टल प्यालेस हरेक पक्षमा निरिह रह्यो।

यो जितसँगै चेल्सीले ३ अंक जोडेको छ भने क्रिस्टलको शून्य अंक छ। यसअघिको खेलमा लिड्स युनाइटेडविरुद्ध सानदार जित निकालेको म्यानचेस्टर युनाइटेड तालिकाको शीर्षस्थानमा छ भने चेल्सी दोस्रो स्थानमा छ।

आज भएको अन्य खेलमा एभर्टनले साउथह्याम्टनलाई ३–१ गोलले हराएको छ भने लेस्टर सिटीले उल्भ्सलाइृ १–० गोलले हराएको छ। त्यस्तै, बर्नलीमाथि ब्राइटनले २–१ गेलको जित निकालेको छ। विजेता सबैको समान ३–३ अंक छ।

प्रकाशित: Aug 14, 2021| 22:42 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।