बुधबार, चैत १८, २०८२

काठमाडौंलाई पराजित गर्दै भैरहवा इपीएलको फाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा बिहिबार सम्पन्न दोस्रो क्वालिफायरमा  काठमाडौं किङस इलाभेनलाई पराजित गर्दै भैरहवा ग्लाडीयटर्स इपीएलको फाइनलमा प्रवेश गरेको छ । 

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंलाई ६ विकेटले पराजित गर्दै भैरहवाले फइनलमा स्थान पक्का गरेको हो । यस जितसँगै भैरहवाले शनिबार हुने फाइनल खेलमा ललितपुर प्याट्रियट्ससँको भेट पक्का गरेको छ । 

काठमाठडौंले दिएको १ सय १ रनको सामान्य लक्ष्य पछ्याएको भैरहवाले १७ ओभरमा मात्र ४ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको हो । भैरहवाको जितका लागि रायन टेन डोशेचले सर्वाधिक ४५ रन जोडे । उनले ३८ बल खेलदै पाँच चौका प्रहार गरेका थिए । त्यस्तै रबि इन्द्र सिंहले ३१ रन जोडे ।

उनले १९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान शरद भेषवाकर ६ रनमा अविजित रहँदा रोहित कुमार पौडेल ९ रनमा अविजित रहे । काठमाडौंका लागि सम्साद सेखले २ तथा प्रदिप साहुले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय रन जोडेको थियो । काठमाडौंका लागि सन्दिप रजालीले २७ रन जोडे । उनले २६ बल खेल्दै एक चौका र एक छक्काको मद्दतमा २७ रन जोडेका हुन् । 

प्रदिप साहुले २५ रन जोडे । उनले २२ लमा ३ चौका प्रहार गरेका थिए । त्यस्तै अमित श्रेष्ठले १३ रन जोड्न बाहेका अन्य ब्याट्सम्यानले दोहोर अंकको रन छुन सकेनन् । 

काठमाडौंलाई सस्तैमा समेट्न भैरहवाका लागि कुसल मल्लले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिएका थिए । कप्तान शरद भेषवाकर, रायन टेन डोशेच, मोहमद नाभिद र अभिनास बोहराले समान एक विकेट लिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।