आइतबार, साउन १७, २०८३

शिक्षक महासंघको अध्यक्षमा कमला तुलाधर नियुक्त

लामो समयदेखि नेतृत्व विवाद रहँदै आएको नेपाल शिक्षक महासंघले नयाँ नेतृत्व पाएको छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं- लामो समयदेखि नेतृत्व विवाद रहँदै आएको नेपाल शिक्षक महासंघले नयाँ नेतृत्व पाएको छ। 

महासंघको नेतृत्वका लागि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको सिफारिसमा शिक्षक नेतृ एवं वर्तमान कार्यसमितिको उपमहासचिव रत्नराज्य मावि काठमाडौंको कमला तुलाधरलाई कार्यवाहक अध्यक्ष बनाइएको हो। 

२०७७ फागुन २९ को विशेष राष्ट्रिय परिषदको निणैयबाट तत्कालीन अध्यक्ष बाबुराम थापा पदमुक्त भएपछि विधान वमोजिम सहअध्यक्ष पूर्णप्रसाद दवाडीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकोमा शनिवार नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय समितिले विधान बमोजिम शिक्षक नेता तुलाधरलाई कार्यवाहक अध्यक्षमा सिफारिस गरेको छ।

प्रकाशित: Aug 14, 2021| 22:33 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्