बुधबार, चैत १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मेस्सी उत्कृष्ट हैनन् भन्नेले फुटबलै बुझेका छैनन् : ला लिगा अध्यक्ष टेबास

मेस्सी उत्कृष्ट हैनन् भन्नेले फुटबलै बुझेका छैनन् : ला लिगा अध्यक्ष टेबास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- अर्जेन्टिनी तथा स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीको खेल क्षमता र उत्कृष्टतालाई लिएर स्पेनिस ला लिगाका अध्यक्ष जाभियर टेबासले मुख खोलेका छन् । 

एक अन्तवार्तामा बोल्दै टेबासले मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहेको र उनको तुलना अन्य कोहीसँग पनि हुन नसक्ने बताएका छन् । त्यतीमात्र हैन टेबासले मेस्सी उत्कृष्ट खेलाडी हैनन् भनेर कसैले भन्छ भने त्यो व्यक्तीले फुटबल नै बुझेको छैन ।

‘मेरो विचारमा यदि कसैले मेस्सी संसारकै उत्कृष्ट खेलाडी होइनन् भन्ने अडान लिन्छ भने सम्झनुस्, उसलाई फुटबलको ज्ञान नै छैन’ टेबासले भने । सोहि अन्तरवार्तामा उनले रोनाल्डोको बहिर्गमनले ला लिगालाई कुनै घाटा नभएको समेत बताए । 

टेबासले भने, ‘रोनाल्डो नहुँदा रियललाई समस्या भयो होला । तर, ला लिगालाई कुनै फरक पर्दैन ।’ उनका अनुसार रोनाल्डोभन्दा मेस्सी उच्चस्तरका खेलाडी हुन् ।

टेबासले लेभान्टेविरुद्धको खेलको उदाहरण दिँदै मेस्सी साँच्चै उत्कृष्ट खेलाडी रहेको बताए । ‘यदि तपाईंले लेभान्टेविरुद्धको बार्सिलोनाको खेल हेर्नुभयो भने अवश्य पनि तपाईंले मेस्सी को हुन् भनेर चिन्नुभयो होला ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।