काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा बिहिबार दोस्रो क्वालिफायर खेल हुँदैछ । फाइनल प्रवेशका लागि हुने यो दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेन र भैरहवा ग्लाडीयटर्सले प्रतिस्पर्धा गर्दैछन् । खेल त्रिवि क्रिकेट बिहान ११:३० बजे सुरु हुनेछ ।
रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौं र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा दुबै टोलीको लक्ष्य फाइनल प्रवेश गर्ने हुनेछ । पहिलो क्वालिफायरमा ललितपुरसँग पराजित भएपछि काठमाडौंले भने फाइनल प्रवेशको लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।
साविकको उपविजेता समेत रहेको भैरहवाले इलिमिनेटरमा पृथु बास्कोटाको टिम चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
भैरहवा काठमाडौंलाई हराएर फाइनलमा पुग्न चाहन्छ । यस्तै काठमाडौंविरुद्ध भैरहवा लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ । आजको बिजेता टोलीले शनिबार हुने फाइनल खेलमा ललितपुर प्याट्रियट्ससँको भिड्ने छ ।
पहिलो क्वालिफायरमा जित निकाल्दै ललितपुर भने फाइनलमा पुगिसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४