बुधबार, चैत १८, २०८२

बेलको ह्याट्रिकले रियल क्लब विश्वकपको फाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- युरोपेली च्याम्पियन रियल म्याड्रिड जापानी क्लब काशीमा एन्टलर्सलाई पराजित गर्दै क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति युएईमा भएको खेलमा रियलले काशीमालाई ३-१ ले पराजित गर्दै क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो । 

रियलको जितका लागि फरवार्ड ग्यारेथ बेलले ह्याट्रिक गरेपछि रियलकोक जित सम्भव भएको थियो । रियलले पहिलो हाफमा काशीमाविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको थियो । भने दोस्रो हाफमा बेलले नै पथ दुई गोल गरेका थिए । 

पहिलो हाफमा अन्तिम मिनेटमा बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै दुई गोल थप्दै बेलले ह्याट्रिक पूरा गरे । ५३ औं मिनेटमा अग्रता दोब्बर पारेका बेलले दुई मिनेटमै ह्याट्रिक प्रहार गरे । 

काशीमाका लागि शोमा डोईले ७८ औं मिनेटमा गोल फर्काएपनि उक्त गोल सान्त्वनामा नै सिमित भयो । रियलले अब फाइनलमा युएईको स्थानीय क्लब अल आइनको सामना गर्नेछ । 

अल आइनले रिभर प्लेटलाई पेनाल्टीमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । रियल लगातार तेस्रो पटक क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो । शनिबार हुने फाइनलमा विजयी भए रियलले उपाधिमा ह्याट्रिक गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।