शनिबार, असार ६, २०८३

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

 |  शुक्रबार, जेठ २५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २५, २०८१
National life
Shivam cement

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ आज सार्वजनिक गरेको छ। मन्त्रालयको बेभसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रतिवेदनका सकारात्मक तथा सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने र समसामयिक विषय परिमार्जन गरिने बताइन्। यही जेठ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रतिवेदन मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ असार ३२ गतेको निर्णयबाट तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २४ सदस्यीय आयोग गठन भएको थियो। विसं २०५७ माघ १ गते तत्कालीन प्रधानमन्त्री ओलीसमक्ष उक्त प्रतिवेदन बुझाइएको थियो।

प्रकाशित: Jun 07, 2024| 20:50 शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्