मंगलबार, चैत २४, २०८२

थ्री स्टारले आर्मीसँग बराबरी खेल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टार क्लबले त्रिभुवन आर्मीसँग १-१ को बराबरीमा खेलेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारका लागि निराजन खड्काले गोल गरेका थिए भने आर्मीका जर्जप्रिन्स कार्कीले गोल गरेका थिए ।

खेलको पहिलो गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुबै गोल सम्भव भएका थिए । पहिलो हाफमा दुबै टोलीले निकै नै आक्रमक खेलेका थिए । दुबै टोलीले पहिलो हाफमा सृजना गरेका केहि अवसरहरुको सदुपयो गर्न नसक्दा खेल पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । 

खेलमा सुरुवाती अग्रता भने थ्री स्टारले लिएको थियो । थ्री स्टारले खेलको ७० औं मिनेटमा निराजनको गोलमार्फत अग्रता लियो । पिटर सेगुनको पासमा अजायी मार्टिन्सले पेनाल्टी क्षेत्रभित्र दिएको पासमा निराजन खड्काले हाफ भलीमा गोल गर्दै अग्रता दिलाए । 

त्यसपछि आर्मीका जर्जप्रिन्स कार्कीले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

यस बराबरीसँगै थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा अडिएको छ । थ्री स्टारले ९ खेलमा ८ जित, १ बराबर र १ हारसहित २२ अंक जोडेको छ । संकटा २४ अंक जोड्दै दोस्रो स्थानमा छ । 

मनाङ ९ खेलमा २७ अंकसहित शीर्षस्थानमा छ । आर्मी भने ९ खेलमा ५ जित, ३ बराबर र १ हारसहित १८ अंक बोकेर चौथो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।