बुधबार, चैत १८, २०८२

चितवनलाई पराजित गर्दै भैरहवा क्वालिफायरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट अन्तर्गत बुधबारको इलिमिनेटर खेलमा चितवन टाइगर्सलाई परासजत गर्दै भैरहवा ग्लाडियटर्स क्वालिफायरमा प्रवेश गरेको छ । भैरहवाले चितवनलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । 

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको भैरहवाले १८.२ ओरमा मात्र ६ विकेट गुमाउदै उक्त लक्ष्य भेट्टाएको हो । भैरहवाको जितका लागि प्रदिप ऐरीले सर्वाधिक ४२ रन जोडे । 

उनले ३८ बलमा ६ चौका प्रहार गर्दै ४२ रन जोडेका थिए । त्यस्तै कप्तान शरद भेसवाकरले २९ रन जोडे उनले २७ बलमा ३ चौकाको मद्दतले २९ रन जोडेका थिए । कुसाल मल्लले २७ र रोहित कुमार पौडेलले २४ रन जोड्दै भैरहवालाई जित दिलाएका हुन् । 

चितवनका लागि कृष्ण सिंह ऐरीले तीन विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन् । ललित सिंह भण्डारी र जोर्न स्कटले समान एक एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३९ रन जोडेको थियो ।  

चितवनका लागि दिपेन्द्र सिंह ऐरीले अर्धसतकिय पारी खेले पछि चितवनले मध्यम रनको लक्ष्य सम्पेका हो । ऐरीले ४५ बल खेल्दै ५६ रनको अर्धसतकिय पारी खेलेका हुन् । उनले ४५ बलमा ६ चौका र एक छक्का प्रहार गरे । 

तर, अन्य ब्याट्सम्यानले भने राम्रो खेल्लन सकेनन्  । पउल स्ट्रलिङ, जोन सिम्पसनले समान १४-१४ रन जोड्दा कमल सिंह ऐरीले १३ रन जोडेका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको रन छुन सकेनन् । 

यता भैरहवाका लागि मोहमद नाभीले ३ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चदै तीजन विकेट लिएका हुन् । त्यस्तै अभिनास बोहराले दुई विकेट लिँदा भुवन कार्की, कृष्ण कार्की र रायन टेन डोशेटले समान एक-एक विकेट लिए । भैरहवाले बिहिबार क्यालिफायर काठमाडौं किङ्गसँग खेल्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।