बुधबार, चैत १८, २०८२

मेस्सीले जिते पाँचौ पटक गोल्डेन बुट अवार्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- अर्जेनिटना तथा बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सीले आफ्नो फुटबल विजनको पाँचौ गोल्डेन बुट अवार्ड जितेका छन् । उनले गत सिजनको लिगमा युरोपको सर्वाधिक गोल गर्दै बन्दै गोल्डेन बुट अवार्ड जितेका हुन् । 

मेस्सीले गत सिजनको ला लिगमा ३४ गोल गरेका थिए । यस उपाधिसँगै मेस्सीले पोर्चुगिज तथा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो लाई पनि उछिनेका छन् । किनकी यो अवार्ड रोनाल्डोले हालसम्म चार पटक मात्र जितेका छन् ।

‘मैले सुरुवातमा यो सबसोचेको थिईन । मेरो सपना एक व्यवसायिक फुटबल खेलाडी बन्ने थियो । सफलता हात पार्न सक्छु भन्ने विश्वास थियो, तर यहाँसम्म होइन,’ मेसीले मंगलबार एक कार्यक्रममा उपाधि ग्रहण गर्दै भनेका थिए । 

उनले थपे, ‘म विश्वकै सर्वोत्कृष्ट टोलीमा रहेको छु । मसँग विश्वका उत्कृष्ट खेलाडी साथमा खेलिरहेका छन् । यसले गर्दा नै मैले व्यक्तिगत उपाधि सहज रुपमा जित्न सकेको छु ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।