सोमबार, साउन ११, २०८३

पिएसजी फ्रेन्च लिग कपको क्वाटरफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा ओर्लेन्सलाई २-१ ले पराजित गर्दै पिएसजी क्वाटरफाइनलमा प्रवेश गरेका हो । स्थान सुरक्षित गरेको छ ।

लिग कप अन्तर्गत साविकको विजेता पीएसजीले ओर्लेन्सलाई उसकै मैदानमा पराजित गरेका हो । पहिलो हाफमा १-० को अग्रता लिएको पिएसजीले दोस्रो हाफमा थप एक गोल गरेको थियो भने एक गोल खाएको थियो । 

पहिलो हाफ सकिन ४ मिनेट बाँकी रहँदा र्पिसजीले सुरुवाती अग्रता लिएको थियो । पिएसजीलाई सुरुवाती अग्रता दिलाउन एडिन्सन काभनीले गोल गरेका थिए । दोस्रो हाफमा ओर्लेन्सका जोसेफ रोमेरिक लोपीले गोल गरेपछि खेल १-१ गोलको बराबरीमा पुगेको थियो । 

उनले खेलको ६९औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए । तर, पिएसजीका लागि मोसुवा डिवेले गोल गर्दै पिएसजीलाई २-१ को जित दिलाए । 

उनले खेलको ८१ औं मिनेटमा गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाएका हुन् । यस जितसँगै पिएसजीले लिग कपको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।