बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ईपीएलमा ब्रुनो फर्नान्डेसको पहिलो ह्याट्रिक, युनाइटेडको सानदार सुरुआत

ईपीएलमा ब्रुनो फर्नान्डेसको पहिलो ह्याट्रिक, युनाइटेडको सानदार सुरुआत

२०२१–२२ सिजनको इंग्लिस प्रिमियर लिग (ईपीएल) को आफ्नो पहिला खेलमै म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस र पाउल पोग्बाले सानदार प्रदर्शन गरेका छन्
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं– २०२१–२२ सिजनको इंग्लिस प्रिमियर लिग (ईपीएल) को आफ्नो पहिला खेलमै म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस र पाउल पोग्बाले सानदार प्रदर्शन गरेका छन्।

National life

घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न लिड्स युनाइटेडविरुद्धको खेलमा फर्नान्डेसले ह्याट्रिक गरे भने पोग्वाले चार एसिस्ट गरेका छन्। फर्नान्डेसले खेलको ३० औं, ५४ औं र ६० औं मिनेटमा गोल गर्दै युनाइटेडमा पहिलो ह्याट्रिक गरेका थिए।

उनको पहिलो दुईगोलका लागि पोग्बाले नै पास उपलब्ध गराएका थिए। ६० औं मिनेटको गोलका लागि भने फर्नान्डेसलाई लिन्डेलोल्फले पास उपलब्ध गराए।

खेलको पहिलो हाफमा एकमात्र गोल गरेर झिनो अग्रता बनाए पनि दोस्रो हाफमा बराबरीको अवस्थाबाट युनाइटेडले ५–१ गोलको सानदार जित निकालेको हो।

१–० गोलअन्तरबाट सुरु भएको दोस्रो हाफको ४८ औं मिनेटमा लिड्स युनाइटेडका अलिन लुकेले गोल गर्दै खेललाई १–१ को बराबरी बनाएका थिए।

Laxmi sunrise bank
kumari

तर खेलको ५२ औं मिनेटमा पोग्बाको एसिस्टमा मेसन ग्रिनवुडले गोल गरेपछि युनाइटेडले पुनः अग्रता बनाएको थियो। त्यसपछि युनाइटेले तीन गोल थप्यो। फर्नान्डेसले ५४ र ६० मिनेटमा लगातार दुई गोल गरेपछि पोग्बाकै पासमा फ्रेडले खेलको ६८ औं मिनेटमा अन्तिम गोल गरेका थिए।

खेलको ७५ औं मिनेटमा पोग्बाको ठाउँमा एन्थोनी मार्सल मैदान प्रवेश गरेका थिए। सानदार जित निकाले पनि खेलको ५१ प्रतिसत समय लिड्स युनाइटेडले बलमा नियन्त्रण बनाएको थियो।

तर उसले विपक्षीको पोस्टतर्फ १० प्रहार गर्न सक्यो। त्यसमध्ये सात प्रहार त पोस्टबाहिर गएका थिए। यता म्यानचेस्टर युनाइटेडले भने खेल अवधिभर विपक्षीको पोस्टतर्फ १६ प्रहार गरेको थियो।

आजको खेलमा युनाइटेडका मुख्य प्रशिक्षक ओले गनर सोल्सायरले यो सिजनअघि अनुबन्ध गरेको जाडन सान्चेलाई युनाइटेडबाट लिगमा डेब्यू गराएका छन्।

सान्चेले खेलको ७५ औं मिनेटमा मिडफिल्डर ड्यानियल जेम्सलाई विस्थापन गर्दै युनाइटेडबाट डेब्यू गरेका हुन्। उनलाई यही समर सिजनको खेलाडी सरुवा बजारमा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट अनुबन्ध गरेको थियो।

२१ वर्षे सान्चेका लागि युनाइटेडले ७३ मिलियन पाउन्ड खर्च गरेको थियो। युनाइटेडले सान्चेसँग पाँच वर्षका लागि सम्झौता गरेको छ।

यो जितसँगै युनाइटेडले ३  अंक जोडेको छ। जारी सिजनको प्रिमियर लिग उपाधि दावेदार युनाइटेडलाई उनको आगमनसँगै अझै बलियो क्लबको रुपमा हेरिएको छ। र, उनले सिजनको पहिलो खेलमै डेब्यूको अवसर पनि पाएका छन्। उनी प्रवेश गर्नुअघि नै सहज अवस्थामा खेलिरहेको युनाइटेले त्यसपछि गोल भने थप्न सकेन। 

यता भर्खरै मात्र रियल मड्रिडबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका राफेल वाराणेलाई पनि घरेलु समर्थकमाझ युनाइटेडले प्रस्तुत गरेको थियो। उनी चार वर्षका लागि युनाइटेडमा अनुबन्ध भएका हुन्।

लामो समयपछि रंगशाला फर्किएका युनाइटेडको ठूलो संख्याका दर्शकलाई युनाइटेडले ५–१ गेलको जित सुम्पिँदै नयाँ सिजनको न्यानो स्वागत गरेको छ।

प्रकाशित: Aug 14, 2021| 19:32 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।