बुधबार, चैत १८, २०८२

युरोपका जारी शीर्ष ५ लिगका सर्वाधिक गोलकर्ता को-को ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- युरोपका जारी शीर्ष पाँच लिगमा हाल सम्मका खेल सकिदा सर्वाधिक गोल गर्ने खेलाडी सार्वजनिक भएका छन् । जारी युरोपका पाँच लिगमा सर्वाधिक गोल कर्ता र गोलका लागि असिस्ट गर्ने खेलाडीको सुचि सार्वजनिक भएको छ । 

यसै सन्दर्भमा स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी जारी सिजनका हाल सम्मका सम्पन्न खेलहरुमा युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् । 

उनै सर्वाधिक असिस्टकर्ता समेत बनेका छन् । जारी सिजनको मध्यभागतिर पुग्दै गर्दा मेस्सी स्पेनिस ला लिगाको पिचिची अवार्ड र युरोपियन क्षेत्रको गोल्डेन बुटको समेत दाबेदार बनेका छन् ।

ला लिगामा मेस्सीले लिगका १६ खेल सकिँदा कूल १४ गोल गरिसकेका छन् । युरोपका शीर्ष लिगमा १० भन्दा बढी गोल गर्ने खेलाडीहरुमा मेस्सी १४ गोल सहित पहिलो नम्बरमा पर्दा जेओनाका पाइटके १२ गोल सहित दोस्रो स्थानमा छन् । 

त्यस्तै १२ गोल सहित लिलेका निकोलास पेप, पिएसजीका केलियन एमबाप्पे र लान्टेसका इमिलियानो साला तेस्रो स्थानमा छन् । ११ गोल सहित युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो चौथो स्थानमा रहेका छन् । 

उनीसँगै समान ११ गोल गरेर बोरुसिया डर्टमुन्डका पाको अल्कासेर, पिएसजीका नेइमार, मार्सेइलीका फ्लोरिना थुभिन, बार्सिलोनाका लुइस स्वारेज र  जिरोनाका क्रिस्यिन स्टुआनी रहेका छन् । 

१० गोल गर्ने खेलाडीमा बोरुसिया डर्टमुन्डका मार्को रेउस, बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की, फ्रान्कफुर्टका लुका जोभिक, लेइपजिगका टिमो वार्नर, पिएसजीका इडिसन काभानी, लिभरपुलका मोहमद सालाह, आर्सनलका अउबामेयाङ, सेल्टा भिगोका इगायो आसपास र लाजियोका सिरो इम्बोइल पाँचौ स्थानमा रहेका छन् । 

त्यस्तै असिस्ट गर्ने खेलाठडीमा पनि मेस्सी नै अगाडि सबै भन्दा अगाडी रहेका छन् । ला लिगाको जारी लिगमा १० असिस्ट गरेका छन् । त्यस्तै प्रिमियर लिगमा ९ असिस्ट गरेका चेलसीका इडेन हाजार्ड दोस्रो स्थानमा छन् । 

सिरी ए मा एसी मिलानका सुसोले ८ असिस्ट गर्दै तेस्रौ स्थानमा रहँदा बुन्डेसलिगामा फ्रान्कफुटका सेब्सटिएन हलरले ८ असिस्ट गर्दै चौथो स्थानमा छन् । लिग वानमा ७ असिस्ट गरेका लियोनका मेमफिस डेपे पाँचौ स्थानमा छन् । 

तर, जारी लिगको अन्त्य सम्म कस्ले कति गोल र असिस्ट गर्ने छन् त्यो भने लिगको फाइनल खेल पछि मात्र थाहा हुनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।