बुधबार, चैत १८, २०८२

अनन्त लिग खेल्न किन वञ्चित भए ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेलहरु आधा सकिदा सम्म पनि उनी लिगको मैदानमा देखिएका छैनन् । 

लिग शुरु भएको अढाई महीनाभन्दा लामो समय बित्दा पनि एउटा राष्ट्रिय टोलीको महत्वपूर्ण खेलाडीले लिग खेल्न नपाउनु दुःखको विषय हो । पछिल्लो समय अनन्त राष्ट्रिय टोलीमा नियमित खेलिरहेका छन् । 

नेपालको रक्षापङ्तिमा उनको प्रदर्शनले नै निर्णायक भूमिका खेल्दै आएको छ । युवा उमेरमा नै उनले आफूलाई राष्ट्रिय टोलीको खम्बाका रुपमा स्थापित गरेका छन् । तर पनि उनले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल खेल्न पाएका छैनन् । 

उनले लिग खेल्न नपाउनुले उनलाई मात्र हैन नेपाली राष्ट्रय फुटबल टोलीलाई समेत असर पर्ने देखिन्छ । यो कुरा एन्फा, क्लब र फुटबल विकाशसँग सरोकार पक्षले ध्यान दिन जरुरी छ । 

अन्नतले लिग सुरुहुनु भन्दा पहिला नै दुई ठूला क्लबबाट सम्झौता गरेको खेलेको छ । उनले दुई ठूला क्लबबाट सम्झौता गरेपछि अन्नत लिग खेल्नबाट वञ्चित भएका हुन् । 

जारी लिगमा नवौँ चरणका खेल सकिँदासम्म अनन्तले कुनै क्लबबाट सहभागिता जनाउन पाएका छैनन् । नेपालका दुई चर्चित क्लब मनाङ-मस्र्याङ्दी र थ्री स्टार क्लबबाट सम्झौता गरेका कारण अनन्त अहिले आफै खेल्नबाट वञ्चित भएका हुन् । 

यिनै दुई क्लब अहिले उपाधि होडमा छन् । दुवै टोलीले अनन्तले आफ्नो क्लबबाट सम्झौता गरेको दाबी प्रस्तुत गरेपछि उनी लिग खेल्नबाट वञ्चित भएका हुन् । अनन्तले गत वर्ष भने थ्री स्टारबाट मोफसलका प्रतियोगिता खेलेका थिए । तर गत वर्ष लिग फुटबल हुन सकेन । 

थ्री स्टारसँगको लिगका लागि सम्झौता हुँदाहुँदै उनले यस वर्ष लिगका लागि मनाङमा सम्झौता गरेपछि विवाद शुरु भएको थियो । एउटा खेलाडीले दुई वटा क्लबबाट सम्झौता गरेमा एक वर्षसम्म खेल्न नपाउने गरी कारवाही गर्ने एन्फाको प्रतियोगिता नियमावलीमा छ । 

एन्फा प्रवक्ता किरण राईले दुई क्लबले अनन्तसँगको सम्झौता प्रस्तुत गरेपछि अप्ठ्यारो परेको बताए । ‘अनन्तले नै केही कमजोरी गरेकाले लिग खेल्न पाएनन् । समस्याको समाधानका लागि हामी प्रयार छौँ ।’ 

राईले भने ‘औपचारिक रुपमा क्लबबाट वा खेलाडीबाट एन्फामा निवेदन परेको छैन, समस्या आइसकेपछि हामीले नै दुई क्लबलाई आन्तरिकरुपमा मिल्न भन्यौँ । तर, त्यस्तो सहमति हुन सकेन । यस्तो अवस्था रहे उनले यस वर्षको लिग खेल्ने सम्भावना कम छ ।’ 

कुनै पनि क्लबले नयाँ खेलाडी अनुबन्ध गर्दा पुरानो क्लबको रिलिज लेटर (फुकुवा गरेको प्रमाणपत्र) चाहिने गर्छ । मनाङले भने उक्त प्रमाणपत्रबिनै अनन्तलाई यस वर्ष अनुबन्ध गरेको थियो । 

दुवै क्लब उपाधि होडमा रहेकाले पनि उत्कृष्ट खेलाडीलाई आफ्नो क्लबबाट खेलाउन चाहन्छन् । आफ्नो क्लबबाट खेलाउन नपाए खेल्नै नदिने दुवै क्लबको रणनीतिले उनको खेल जिवनको कस्तो असर पर्ला त्यो भने दुबै क्लबले बुझ्न जरुरी छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।