सोमबार, असोज ५, २०८३

च्यासल पराजित, मनाङ शीर्षस्थानमै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंगलबार भएको खेलमा च्यासल युवा क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले शीर्षस्थान कायमै राखेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले च्यासललाई ३-० ले पराजत गर्दै लिगको शीर्षस्थान कायमै राखेको हो । यस जितसँगै मनाङ जारी लिगमा अपराजित एक्लो टोली । 

लिगका ९औं खेल खेलि सक्दा सम्म मनाङले शतप्रतिशत जित निकालेको छ । मनाङले च्यासलविरुद्ध पहिलो हाफमा अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । 

खेलको १६ औं मिनेटमा विदेशी खेलाडी अडेलेजा सोमिदेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको मनाङका लागि दोस्रो हाफमा अफिज ओलावाले र किमल रानाले गोल गर्दै मनाको अग्रता तेब्बर पारे । 

ओलावालेले ७० औं मिनेटमा गोल गरेको थिए भने बिमलले ८८ औं मिनेटमा गोल गरेका हन् । तर, खेल सकिन १ मिनेट बाँकी रहँदा च्यासलले पेनाल्टीमा एक गोल फर्काए । च्यासलका लागि देवेन्द्र तामाङले गोल गरेका थिए ।

यसजितसँगै मनाङले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । मनाङको ९ खेलबाट २७ अंक पुगेको छ भने दोस्रोस्थानमा रहेको संकटाको २४ अंक छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।