सोमबार, असोज ५, २०८३

काठमाडौंलाई पराजित गर्दै ललितपुर इपीएलको फाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा ललितपुर प्याट्रियट्स फाइनल प्रवेश गरेको छ । क्वालिफायर खेलमा काठमाडौं किङस इलाभेनलाई १ विकेटले पराजित गर्दै काठमाडौं इपीएलको फाइनलमा प्रवेश गरेको हो । 

काठमाडौंले दिएको १ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको ललितपुलेले २० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर भेट्टाएको हो । ललितपुरका कुर्सल भुर्तेलले २९ रा जोडे । उनले २७ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गरेका थिए । 

त्यस्तै योगेन्द्र कार्कीले अविजित २८ रन जोडे । उनले २९ बलमा १ चौका प्रहारु गरेका थिए । निकै नै रोमाञ्चक बनेको खेलमा कार्कीले ललितपुरलाई फाइनल पुर्याउन महत्वपुर्ण योगदान दिए । अर्का खेलाडी कप्तान ज्ञानेन्द्र मल्लले २१ र पवन सराफले १९ रन जोडे । 

काठमाडौंका लागि प्रदिप साहुले तीन विकेट लिए । त्यस्तै ओ’ब्रिएन र रोहन मुस्तफाले समान २-२ विकेट लिदा, साम्सद सेखले एक विकेट लिए । 
 
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले सर्वाधिक ३२ रन जोडे । 

त्यस्तै सागर पुनले २९, सिदान्त लोहनी १६ रन जोडे । काठमाडौंलाई सस्तैमा समेट्न ललितपुरका पवन सरार्फ र योगेन्द्र सिंह कार्कीले समान ३-३ विकेट लिदा सन्नी पटेलले २ विकेट लिए । ललितपुर र काठमाडौंबीचको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।