काठमाडौं- नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनालाई केपी.१, १७ जनामा केपी.२ र एक/एक जनामा केपी.३ र केपी.४ भेरियन्ट देखिएको हो।
यसका लागि गएको दुई महिनायता देशभरबाट ४२ जना कोरोना संक्रमितको नमुना संकलन गरिएको थियो।
यी सबै ओमिक्रोनको सब-भेरियन्ट हुन्। यो भेरियन्ट अमेरिका र अफ्रिकी मुलुकहरूमा देखिएको थियो। पछिल्लो समय भारतमा पनि केपी.१ र केपी.२ भेरियन्ट देखिएको थियो।