आइतबार, असार ७, २०८३

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट ११ सय लाभान्वित

 |  मंगलबार, जेठ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

दोलखा- दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाइँ स्मृति अस्पतालमा सञ्चालन गरिएको चारदिने निःशुल्क हाडजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन्। 

National life

रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं, भीमेश्वर नगरपालिका र पशुपति चौलागाइँ स्मृति अस्पताल  चरिकोट दोलखाको संयुक्त आयोजनामा भएको शिविरलाई मेड (सोलुसन फाउन्डेसन स्विट्जरल्याण्डले प्रायोजन गरेको थियो। शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेसिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेका थिए।

नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौंका वरिष्ठ एनेस्थेटिस्ट चिकित्सक संयुक्त आचार्यका अनुसार दोलखाका विभिन्न स्थानका बिरामीहरूले सेवा लिएका बताए। 

शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा रचित शर्माले  शिविरमा ३९ जनाको शल्यक्रिया गरिएको जानकारी दिए। शिविरमा सम्पूर्ण शल्यक्रियामा चाहिने उपयोग्य सामग्री र औषधि निःशुल्क गरिएको डा आचार्यको भनाइ छ।

शिविरको एक कार्यक्रमबीच चिकित्सकको टोलीलाई धन्यवाद दिँदै समापन गरिएको पशुपति चौलागाइँ स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले बताए।

Shivam cement

प्रकाशित: May 21, 2024| 19:01 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्