एजेन्सी- बार्सिलोनाका कप्तान लियोनल मेस्सीले स्पेनको प्रतिस्ठित फुटबल लिग ला लिगामा नयाँ रेकर्ड बनाएका छन् । जारी सिजनको लिग अन्तरगत भएको लिगमा आफ्नो १६औं खेलमा लेभान्टलाई पराजित गर्दै मेस्सीले क्लबमा नयाँ रेकर्ड बनाएका हुन् ।
आइतबार राति भएको खेलमा लेभान्टेलाई ५-० को जित निकाल्नेक्रममा २ असिस्ट र ह्याट्रिक गरेका थिए । उससँगै मेस्सी ला लिगामा बार्सिलानाको जर्सीमा सबैभन्दा धेरै खेल जित्ने खेलाडी बनेका छन् । ३१ वर्षीय मेस्सीले जाभी हर्नान्डेजको रेकर्ड भंग गर्दै आफ्नो नाममा गरेका हुन् ।
जाभीले ला लिागमा बार्सिलोनाको जर्सीमा ३ सय २२ खेल जितेका थिए । तर, उनलाई मेस्सीले पछि पारे । आइतबार राति लेभान्टेमाथिको जितसँगै मेस्सीले कूल ३ सय २३ खेल जितेका छन् ।
आफ्नो करिअरमा जाभीले खेलेका खेलमा जितको दर ६४ प्रतिशत थियो भने मेस्सीले जित ७५ प्रतिशत रहेको छ । मेस्सीले कूल ४ सय ३२ खेल खेलर यो रेकर्ड रचेका हुन् । ला लिगाम मेस्सीले हालसम्म ३ सय ९७ गोल गरिसकेका छन् ।
उनी अब ४००औं गोलको कोसेढुंगा पार गर्नबाट मात्रै ३ गोलले टाढा छन् । मेस्सी ला लिगाको इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४