आइतबार, साउन १०, २०८३

‘ए’ डिभिजन लिग : मनाङको अपराजित यात्रा च्यासलले रोक्ला ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काटमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंगलबार दुई खेल हुँदै छन् । पहिलो खेलमा एपिएफ क्लब र मछिन्द्रबीच प्रतिस्पर्धा हुँदैछ भने दोस्रो खेलमा मनाङ मस्र्याङदी क्लब र च्यासल युवा क्लब खेल्दैछन् । 

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने बिहान ११ बजे र दिउँसो २ः३० बजे हुनेछ । पहिलो खेलमा एपिएफ लिगको अंक तालिकाको पुछारमा रहेको मछिन्द्रलाई पराजित गर्दै आफ्नो अंक तालिकामा सुधार गर्न चाहन्छ । 

एपिएफले ८ खेल खेलीसक्दा तीन खेलमा मात्र जित निकालेको छ । उसले १ खेल बराबरी खेल्दा ४ खेल गुमाउँदै १० अंक जोडेर लिगको साँतौं स्थानमा छ । यता मछिन्द्रले भने अकिहे सम्म कुनै जित निकालेको छैन् । मछिन्द्र आजको खेलमा पहिलो जितको खोजीमा हुनेछ । मछिन्द्रले समान ८ खेलमा ३ बराबरी र ५ खेलमा पराजय भोग्दै १३ औं स्थानमा छ ।  

आजको दोस्रो खेलमा मनाङलाई दोस्रो स्थानसँग ३ अंकको अग्रता कायम गर्ने अवसर छ । लिगको आठ खेलमा शत प्रतिशत जित दर्ता गर्दै मनाङ २४ अंक जोड्न सफल भएको छ । उपकप्तान तथा विंगर सुजल श्रेष्ठ घाइते हुनुका बाबजुद पनि मनाङले कुनै अंक गुमाएको छैन । 

अन्जन विष्ट, विशाल राई र गोलरक्षक विशाल श्रेष्ठको लगातार राम्रो प्रदर्शनमा मनाङले अपराजित यात्रा कायम राखेको हो । यसक्रममा मनाङले उपाधिको दुई बलिया दावेदार रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लबलाई पनि पराजित गरिसकेको छ ।

यता च्यासलले लिगको सुरुवात फितलो गरेपनि पछिल्लो समय सुखद नतिजा आत्मसात गरेको छ । पछिल्लो खेलमा रातो कार्ड खाएका कारण च्यासलका मुख्य फरवार्ड सन्तोष साहुखल यस खेलका लागि उपलब्ध हुने छैनन् । 

च्यासललाई यस खेल जित्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लने अवसर पनि छ । लिगको ८ खेलमा चसलले ४ जित, १ बराबरी र ३ हारसँगै १३ अंक जोडेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।