बुधबार, चैत १८, २०८२

इपीएल : काठमाडौं र ललितपुरको लक्ष्य फाइनल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा मंगलबार क्वालिफायर खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने क्वालिफायरमा ललितपुर प्याट्रीयट्स र काठमाडौं किग्स इलाभेनबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दिउँसो एक बजेबाट सुरु हुने छ । 

यि दुई टोलीबीचको खेल जस्ले जित्छ त्यो टोली सोझै फइनल प्रवेश गर्नेछ । त्यसैले पनि ज्ञानेन्द्र मल्ल्को कप्तानीमा रहेको ललितपुर र रोहन मुस्तफाको नेतृत्वमा काठमाडौं मैदान उत्रिदा दुबै टोलीको लक्ष्य सोझै फाइनल पुग्नेछ । 

पराजित हुने टोली भैरहवा र चितवनबीचको एलिनेमिटर खेलमा विजेतासँग पुन अर्को क्वालिफायर खेल खेल्ने छ । यसअघि समूह चरणको खेलमा ललितपुरले काठमाडौंलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा मुस्तफा र सोमपालको अनुपस्थिति थिए । त्यती बेला काठमाडौंको कप्तानी केभीन ओ’ब्राएनले सम्हालेका थिए ।

त्यसैले यो खेलमा काठमाडौं समुह चरणको हारको बदला लिन चाहन्छ भने बलियो मनोबलमा रहेको ललितपुर समुह चरणको नतिजा पुन आत्मासात गर्न चाहन्छ । पहिलो खेलमा विराटनगरसँग ३ विकेटले पराजित भएको ललितपुर, दोस्रो खेलमा चितवन टाइगर्सलाई ११ रन, तेस्रो खेलमा पोखरा राइनोजलाई ८ विकेट र चौथो खेलमा काठमाडौंलाई १० विकेटको पराजित गर्दा पाँचौ खेलमा भैरहवालाई ६ विकेटले पराजित गर्दै शीर्षस्थानमा रहेर क्वालिफायर खेलेको हो । 

यता काठमाडौंले पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरे पनि दोस्रो खेलमा भने ललितपुरसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखरालाई ५ विकेट, चौथो खेलमा भैरहवा ग्ल्याडीयटर्सलाई ७ विकेट र पाँचौ खेलमा विराटनगर वारीयर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं दोस्रो स्थानमा रहेर क्वालिफायरमा ललितपुरसँगको भेट पक्का गरेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।