काठमाडौं- राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटको विजेताले २५ लाख पुरस्कार पाउने भएको छ । त्यस्तै प्रतितयोगिताको उपविजेताले १० लाख पाउने आयोजक इपीएलले सोमबार विज्ञप्ति निकाल्दै जानकारी दिएको हो ।
प्रतियोगिताको प्येलर अफ दि सिरिजले टिभीएस अपाचे बाइक पाउने छन् । आयोजकले यस संस्करणको विजेताले पाउने रकममा वृद्धि गरेको छ । गत संस्करणको विजेता टोलीलले २१ लाख प्राप्त गरेको थियो ।
गत सिजन पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले जितेको थियो । फाइनल खेलमा शरद भेषवाकरको भैरहवा ग्लाडियटर्सलाई पराजित विराटनगर विजयी भएको हो । तर, यस सिजन भने विराटनगर लिगबाटै बाहिरि सकेको छ ।
जारी लिगको प्ले अफ पुग्ने टोलीको तय भईसकेको छ । यस संस्करणमा ललितपुर प्याट्रियट्स र काठमाडौं किङस इलाभेन क्वालिफायरमा पुगेको छ । त्यस्तै चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्सले इलिमिनेटर खेल्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४