काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा काठमाडौं किंग्स इलेभेन क्वालिफारमा प्रवेश गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारीयर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं इपिएलको क्वालिफारमा प्रवेश गरेको हो ।
विराटनगरले दिएको १ सय १ रनको लक्ष्य पछ्याएको काठमाडौंले १७.५ ओभरमा ५ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टाएको हो । यस जितसँगै काठमाडौंले ललितपुर प्याट्रीयट्ससँग क्वालिफायरमा भिड्ने भएको छ ।
त्यस्तै हारसँगै साविक विजेता विराटनगर समुह चरणबाटै बाहिरिएको छ । विराटनगरलाई नेट रनका आधारमाा पटि पार्दै चितवन टाइगर्स प्ले अफमा पुगेको छ । सामान्य लक्ष्य पक्ष्याएको काठमाडौंको सुरुवात भने राम्रो हुन सकेन ।
तर, काठमाडौंलाई सहज जित दिलाउन केभिनले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४५ रनमा अविजित रहे । प्रदीप साहुले पनि २१ रन जोड्न २३ बलमा ३ चौका प्रहार गरे । अमित श्रेष्ठले ११ बलमा २ छक्का प्रहार गर्दै १४ रन बनाए । सागर पुनले १० र नरेश बुढाएरले ७ रन जोडे ।
विराटनगरका लागि पारस र मर्वले समान दुई विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले १७.५ ओभरमा १ सय रनमा अल आउट भयो ।
विराटनगरका लागि सुमित महर्जनले २३ बलमा २ छक्का र १ चौका प्रहार गर्दै बनाएको रन नै सर्वाधिक रन बन्यो । हरि चौरान २२, पुष्प थापा र करण केसीले समान १ रन बनाए । पाउल भान मिकरेन र रविन क्षेत्रीले खात सम्म खोल्न सकेनन् ।
विराटनगरलाई सस्तैमा रोक्न केभिन ओ’ब्राइनले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै प्रदीप साहुले ४ ओभरमा मात्र १० रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफा र बिक्रम भुषालले समान दुई विकेट लिदा जितेन्द्र मुखियाले पनि १ विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४