आइतबार, साउन १०, २०८३

मेस्सीको ह्याट्रिकले बार्सिलोना शीर्षस्थानमा यथावत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- कप्तान लियोनेल मेस्सीको ह्याट्रिकको मद्दतले बार्सिलोना स्पेनिस ला लिगा फुटबल लिगको शीर्षस्थानमा यथावत रहेको छ । आइतबार राति भएको खेलमा मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले लेभान्टेलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । 

बर्सिलोनाको जितका लागि मेस्सीले ह्याट्रिक पुरा गर्दा लुइस स्वारेज र जेरार्ड पिकेले समान १-१ गोल गरे । ला लिगामा मेस्सीको यो ३१ औं ह्याट्रिक हो । बार्सिलोनाले खेलको ३५औं मिनेटमा लुइस स्वारेजको गोलबाट अग्रता बनाएको थियो । 

खेल सकिन २ मिनेट बाँकी रहदा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा अग्रता दोब्बर गरेको थियो । दोस्रो हाफ सुरु भएको २ मिनेट नबित्दै मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर पारे । 

६०औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दा बार्सिलोनालाई खेलमा ४-० को बलियो पकड बनाए । ८८औं मिनेटमा डिफेन्डर जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई ५-० को फराकिलो जित दिलाए । यस जितसँगै बार्सिलोनाको १६ खेलबाट ३४ अंक पुगेको छ ।

सेभिल्ला र एट्लेटिकोको समान खेलबाटै ३१ अंक रहँदा रियल मड्रिड २९ अंक जोडेर चौथो स्थानमा रहेको छ । आइतबार राति नै भएको खेलमा सेभिल्लाले जिरोनालाई २-० ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लन सफल भएको थियो । सेभिल्लाको जितमा इभर बनेगा र पाब्लो सारावियाले गोल गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।