शुक्रबार, जेठ २२, २०८३

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१
National life
Shivam cement

काठमाडौं- कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले आज दिउँसो दर्ता गरेको हो।

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन्।

प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन्। उनले आजै शपथ लिने कार्यक्रम छ।

प्रकाशित: May 09, 2024| 14:54 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्