सोमबार, जेठ ७, २०८१

एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

विराटनगर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

triton college

उनले आज ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय समक्ष दाबी पेस गरेका हुन्।

नेपालको संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत सदस्यहरुको समर्थन रहेको दाबीसहित सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वान अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको कार्कीले जानकारी दिए।

कार्की झापा निर्वाचन क्षेत्र नम्बर ५ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। यसअघि कोशी प्रदेश सभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो।

प्रकाशित: May 09, 2024| 12:36 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्