सोमबार, भदौ ८, २०८३

कांग्रेस संसदीय दलको बैठक स्थगित

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं- नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हालमा आज बस्ने भनिएको उक्त बैठक पूर्वमन्त्री, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको हो। उहाँको यही वैशाख २५ गते निधन भएको हो।

गुरुङको आज अन्त्येष्टि गरिने हुँदा बैठक स्थगित गरिएको कांग्रेस संसदीय दलले जनाएको छ। स्थगित संसदीय दलको बैठक यही वैशाख २८ गते बिहान ८:३० बजे बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हलमा बस्ने तय भएको छ।

प्रकाशित: May 09, 2024| 11:49 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्