सोमबार, जेठ ७, २०८१

कांग्रेस संसदीय दलको बैठक आज

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।

triton college

बैठक दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ।

बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ। 

यसअघि हिजो बसेको पार्टीका वर्तमान र पूर्वपदाधिकारीको  बैठकमा रवि लामिछानेले संसद‍्मा बोल्न पाउँ भनी दिएको निवेदनबारे छलफल भएको थियो। यो विषयमा पनि आज बस्ने संसदीय दलको बैठकले आधिकारिक धारणा तय गर्ने बताइएको छ। संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदैछ।

प्रकाशित: May 09, 2024| 06:56 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्