आइतबार, भदौ २९, २०८२

कोशीमा छैटौं पटक सरकार गठनको आह्वान

 |  बिहीबार, वैशाख २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

vianetvianet

काठमाडौं- कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनका लागि आह्वान गरेका हुन्।

Kumaribank

उनले सरकारको दाबी पेश गर्न दुई दिनको समय दिएका छन्। कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेश सभाले समय सीमा दिएको थियो।

संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए। तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा कार्की रहेपछि एमाले र माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष माग गरेका थिए।

सरकार गठनको आह्वान भएलगत्तै एमाले-माओवादीले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग लिएर बहुमत सदस्यको दाबी गर्ने तयारी गरेका छन्।

संसद्को यो कार्यकालमा योसहित सरकार गठनको छैटौं पटक आह्वान भएको हो। यसअघि कोशीमा २ पटक हिक्मत कार्की, २ पटक उद्धव थापा र एक पटक केदार कार्की मुख्यमन्त्री बनिसकेका छन्।

Metro Mart

प्रकाशित: May 09, 2024| 06:42 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्