आइतबार, जेठ २५, २०८२

सरकारलाई दिएको समर्थन निरन्तर रहन्छ : अध्यक्ष यादव

 |  बुधबार, वैशाख २६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

vianetvianet
National life insurance

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन निरन्तर रहने बताएका छन्। 

पार्टी कार्यालय वालकुमारीमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहेका पार्टी अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन आजका मितिसम्म जारी रहेको उल्लेख गरे। ‘सरकारलाई दिएको हाम्रो समर्थन यथावत छ, बाँकी परिस्थिति कसरी विकास हुन्छ भन्नेमा निर्भर रहन्छ’, उनले भने।  

राजनीतिक अस्थिरता र गलत क्रियाकलापको पात्र आफ्नो पार्टी नभएको जिकिर गर्दै अध्यक्ष यादवले भने– ‘आगामी दिनमा दिइने समर्थन सरकारकै व्यवहारमा भर पर्छ।’ केही व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले पार्टीलाई विभाजन गरेको उनको भनाइ थियो। बहुमत सांसद र केन्द्रीय नेता आफ्नो पक्षमा रहेको दाबी गर्दै उनले आफू विदेश भएका बेला पार्टी विभाजन गरेको तथा निर्वाचन आयोगले पनि हतारमा दल दर्ताको प्रमाणपत्र दिएको उल्लेख गरे। 

प्रकाशित: May 08, 2024| 14:56 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्