आइतबार, साउन १०, २०८३

आज ला लिगामा ५ खेल हुँदै, बार्साले अंक दुरी बढाउला ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा आइतबार राति पाँच खेल हुँदै छन् । जसमा एक निकै नै रोमाञ्चक खेल हुँदैछ । लिगको शिर्षस्थानमा रहेको बार्सिलोनाले साँतौंस्थानमा रहेको लेभान्टेसँग खेल्दै छ । खेल नेपाली समयअनुसार आज राति १:३० बजेबाट सुरु हुँदैछ ।

आजको खेल जिते बार्सिलोनाले लिगमा तीन अंकको अग्रता बनाउने छ । किनकी शनिबार भएको खेलमा एटलेटिको मड्रिडले भाल्लाडोलिडलाई ३-२ ले पराजित गर्दै शिर्षस्थानको बार्सिलोनासँग ३१ ले बराबरी बनाएको छ । 

तर, गोल अन्तरमा बार्सिलोना शीर्ष स्थानमा छ । लिगको तेस्रो स्थानमा बार्सिलोनाभन्दा एक खेल बढी खेलेको रियल मड्रिड छ । उसको खातामा २९ अंक छ । यो बार्सिलोना र एथ्लेटिकोको भन्दा मात्रै २ अंकले कमी हो ।

चौथो स्थानमा रहेको सेल्भिल्लाको खातामा २८ अंक छ । उसले पनि आइतबार राति नै आफ्नो खेल खेल्दैछ । आज सेभिल्लाले आफ्नो खेल जिते अंकतालिकामा ३१ अंक बनाउने छ । 

रियल र एथ्लेटिकोलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिने छ । आज सबैभन्दा बढी दबाब बार्सिलोनामाथि हुनेछ । साबिक विजेतासमेत रहेको लिगमा पकड जमाइराख्न आजको खेलमा जित्नैपर्ने हुन्छ । पराजित भए वा बराबरीमा रोकिए उसको शीर्ष स्थान कुनै पनि खेलबाट खोसिन सक्छ ।

गत सिजनको दोस्रो भेटमा लेभान्टेले बार्सिलोनालाई ५-४ ले पराजित गरेको थियो । आइतबार रातिनै हुने अन्य खेलमा सेभिल्लले जिरोनसँग ४:४५ बले खेल्दै छ ।

त्यस्तै स्पानियोलले रियल बेटिससँग ९ बजे राति, हुएस्काले भिल्लारियलसँग राति ११:४५ बजे तथा अलाभेसले एटलेटिको बिल्बाओसँग राति १:४५ बजे खेल्दै छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।