बुधबार, चैत १८, २०८२

भैरहवालाई पराजित गर्दै ललितपुर क्वालिफायरमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा भैरहवा ग्लाडीयटर्सलाई पराजित गर्दै ललितपुर प्याट्रीयट्स इपिएलको क्वालिफायरमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा ललितपुरले भैरहवालाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो ।
 
टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको भैरहवाले दिएको ९३ रनको लक्ष्य पछ्याएको ललितपुरले १४.२ ओभरमा मात्र ४ विकेट गुमाउदै लक्ष्य भेट्टाएको हो । ललितपुरका लागि पवन सराफले २५ रन जोडे । 

उनले ३६ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै जय किसन कोल्सावाला २२ रनमा अविजित रहँदा सन्दिप जोरा १८ रनमा अविजित रहे । जय किसनले २७ बल खेल्दै एक चौका प्रहार गरेका थिए भने सन्दिपले १० बल खेल्दै दुई चौका र एक छक्का प्रहार गरेका थिए । 

भैरहवाका लागि रायन टेन डोशेचले २ तथा कप्तान शरद भेषवाकर र मोहमद नाभीले समान एक एक विकेट लिए ।

यसअघि भैरहवाले १९ ओभरमा सबै विकेट गुमाउदै मात्र ९२ रन जोडेको थियो । भैरहवाका लागि रायन टेन डोशेचले सर्वाधिक ३७ रन जोडे । उनले ३६ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै ३७ रन जोडेका थिए । 

अर्का रबि इन्द्र सिंहले २५ रन जोडे । उनले १५ बल खेल्दै तीन चौका र दुई प्रहार गरे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको रन छुन सकेनन् । 

ललितपुरका लागि सन्नी पटेलले ४ ओर गर्दै मात्र १२ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । त्यस्तै रसिद खानले र योगेन्द्र कार्कीले समान दुई दुई विकेट लिदा ललित राजवंशीले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।